मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बर्दियामा वेपत्ता योद्धा कृष्ण थारुको शालिक अनावरण
बर्दियामा वेपत्ता योद्धा कृष्ण थारुको शालिक अनावरण

Rato Pen 368+ समाचार ( )
२१ चैत्र २०८१, शनिबार

होमेन्द्र थापा, बर्दिया

बर्दिया — गुलरिया नगरपालिका वडा नम्बर १२ स्थित बिक्री गाउँमा जनयुद्धकालीन वेपत्ता योद्धा कृष्ण प्रसाद थारुको शालिक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनावरण गर्नुभएको छ।

पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित “जनता संग माओवादी, तराई–मधेश जागरण अभियान” अन्तर्गत आयोजित विशेष कार्यक्रममा अध्यक्ष प्रचण्डले शालिक अनावरण गर्नुका साथै शहीद तथा वेपत्ता योद्धाका परिवारजनसँग भेटघाट समेत गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धमा योगदान दिएका शहीद तथा वेपत्ता योद्धाहरूको सम्मान र तिनका परिवारको जीवनस्तर उकास्न राज्य प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले शहीद तथा वेपत्ता परिवारको नाममा स्मृति पार्कहरूको निर्माण, राहत तथा परिपूर्ति, रोजगारीको व्यवस्था, प्रमाणपत्र वितरण लगायत विशेष सुविधा उपलब्ध गराउने व्यवस्था राज्यकै पहलमा गरिने जानकारी दिनुभयो।

“यस्ता कामको ढोका खोलिँदै गएको छ, बर्दियाका पीडित परिवारहरूसँग प्रत्यक्ष भेट गर्न पाउँदा केही सन्तोष मिलेको छ,” अध्यक्ष प्रचण्डले भन्नुभयो।

तराई–मधेश जागरण अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड नेतृत्वको टोलीले बर्दियाका बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा आयोजित खबरदारी सभा, भेटघाट कार्यक्रम तथा शालिक अनावरण सहित कुल ६ वटा कार्यक्रममा सहभागिता जनाएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार