मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Rato Pen 366+ समाचार ( )
२२ भाद्र २०८३, सोमबार

मधुवन, बर्दिया। जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुंगाना को सभापतित्व तथा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट को प्रमुख आतिथ्यतामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहकारी क्षेत्रको वर्तमान अवस्था, सरकारद्वारा जारी नयाँ सहकारी कानुन, नियामकीय व्यवस्था, संस्थागत सुशासन, वित्तीय अनुशासन तथा जोखिम व्यवस्थापनका विषयमा गहन छलफल गरिएको थियो।

प्रमुख अतिथि नगर प्रमुख भाटले “सुशासित, पारदर्शी र उत्तरदायी सहकारी नै समृद्ध नगरको आधार हो” भन्दै सदस्यको विश्वास जित्ने सेवा, नियमित लेखा परीक्षण र कानुनी पालना प्रत्येक सहकारीको पहिलो दायित्व भएको बताउनुभयो।

सहकारी विकास बैंक भुरीगाउँ शाखा प्रमुख बिसाल सिर्पाली, जिल्ला सहकारी संघका उपाध्यक्ष धर्मराज थापा, ताराताल साना किसान कृषि सहकारीका प्रमुख प्रबन्धक डम्बर केसी तथा जिल्ला सचिव इन्दिरा सुवेदी ले नयाँ कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन, वित्तीय पारदर्शिता, सुशासन र सहकारीबीचको सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।

नगरभर क्रियाशील सहकारी संस्थाका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता, रचनात्मक सुझाव र अनुभव आदानप्रदानले मधुवनमा सहकारी अभियानलाई अझ विश्वसनीय, उत्तरदायी र प्रभावकारी बनाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार