मुख्य समाचार
किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति |

बर्दिया गुलरियाका अटो चालकलाई राहत
बर्दिया गुलरियाका अटो चालकलाई राहत

Rato Pen 367+ समाचार ( )
९ चैत्र २०८२, सोमबार

होमेन्द्र थापा, बर्दिया

बर्दिया गुलरिया नगरपालिकामा अटो चालकहरूको चालक अनुमति पत्र (लाइसेन्स) बनाउन नगरपालिकाले सहजीकरण तथा आर्थिक सहयोग गर्ने भएपछि चालकहरू खुशी भएका छन् । नगर प्रमुख मुक्तिनाथ यादवले चालकहरूको समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता गरेपछि चालकहरु हर्षित भएका हुन ।

लाइसेन्स नहुँदा पटक–पटक ट्राफिक कारबाहीमा परेपछि आइतबार अटो चालकहरूले नगरपालिका कार्यालय परिसरमै अटो प्रवेश गराएर विरोध प्रदर्शन गरेका थिए । 

नगर प्रमुख यादवका अनुसार अटो चालकहरूलाई व्यवस्थित रूपमा दर्ता प्रक्रियामा ल्याइनेछ । साथै, नगरपालिकामा अटो रिक्सा निःशुल्क दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । लाइसेन्सका लागि आवश्यक अनलाइन फाराम निःशुल्क भरिदिने र सम्बन्धित राजस्वसमेत नगरपालिकाले व्यहोर्ने व्यवस्था मिलाउने उहाँले अटो चालक समक्ष बताउनु भयो ।

छलफलपछि अटो चालकहरूले १३ सदस्यीय अटो समिति गठन गरेका छन् । समितिको अध्यक्षमा विनोद कुमार बयस, सचिवमा गोविन्द श्रेष्ठ र कोषाध्यक्षमा मिराज मनिहार चयन भएका छन् ।

समितिका अध्यक्ष बयसले विरोधपछि नगर प्रमुख तथा ट्राफिक प्रमुखसँग छलफल गरी आफ्ना समस्या राख्ने अवसर पाएको र समाधानको बाटो खुलेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले कानुनको पालना गर्ने प्रतिबद्धता जनाउँदै चालक अनुमति पत्र बनाउन सम्बन्धित निकायसँग सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

गुलरिया नगरपालिकाका अनुसार नगरमा करिब ५ सयभन्दा बढी अटो रिक्सा सञ्चालनमा रहेका छन् । तर हालसम्म ३७ वटा मात्र अटो दर्ता भएका छन् ।

यता, जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने सबै मापदण्ड पूरा गरेर मात्र सवारी सञ्चालन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार