मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

न्यु ल्याण्ड एकेडेमीमा किशोर–किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेष सचेतना कार्यक्रम
न्यु ल्याण्ड एकेडेमीमा किशोर–किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेष सचेतना कार्यक्रम

SizTex 42+ समाचार ( )
४ भाद्र २०८२, बिहीबार

 बर्दिया —

मधुवन नगरपालिका–८ स्थित न्यु ल्याण्ड एकेडेमीमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी पाँच दिने सचेतना कार्यक्रम अन्तर्गत आज एक विशेष सत्र सम्पन्न गरिएको छ। कार्यक्रममा सुरक्षित यौन व्यवहार, महिनावारी स्वच्छता, संक्रमणबाट जोगिने उपाय, बाल विवाह र लैङ्गिक हिंसा विरुद्ध सचेतना, साथै यौन दुरुपयोग रोकथामका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

विशेष सत्रमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा–बाकेका कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ तथा ल्याप्रोस्कोपिक सर्जन डा. इन्द्रनिल घोषले सहजीकरण गर्नुभयो। उहाँले किशोरावस्थामा हुने शारीरिक, मानसिक र भावनात्मक परिवर्तनका साथै यौन तथा प्रजनन स्वास्थ्यका संवेदनशील पक्षहरूबारे स्पष्ट र सरल भाषामा प्रस्तुति दिनुभयो।

डा. घोषले भने, “किशोरावस्था जीवनको महत्वपूर्ण चरण हो। यस समयमा सही जानकारी, सुरक्षित अभ्यास र खुला संवाद अपरिहार्य हुन्छ। विद्यालय र अभिभावकको सक्रिय भूमिकाले मात्र किशोर–किशोरीहरूलाई स्वास्थ्य जोखिमबाट जोगाउन सकिन्छ।”

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी तथा समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रह्यो। सहभागीहरूले कार्यक्रमलाई अत्यन्तै उपयोगी, जानकारीमूलक र जीवनोपयोगी भएको प्रतिक्रिया दिएका छन्।

न्यु ल्याण्ड एकेडेमीका प्रिन्सिपल बिनोद चन्दले विद्यालयमा स्वास्थ्य, शिक्षा र सामाजिक चेतनामूलक यस्ता गतिविधिहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार