मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

मधेसको वार्षिक जनसंख्या वृद्धिदर पनि राष्ट्रिय वृद्धिदरभन्दा निकै बढी
मधेस प्रदेशमा १० वर्षमा ७ लाख भन्दा बढी जनसंख्या वृद्धि

Rato Pen 1+ समाचार ( )
यसैगरी मधेस प्रदेशमा पछिल्लो १० वर्षमा परिवार संख्या पनि बढेको छ ।
३१ जेठ २०८०, बुधवार

सुन्दरहरैंचा । जनगणना २०७८ अनुशार मधेस प्रदेशमा पछिल्लो १० वर्षमा ७ लाख भन्दा बढी जनसंख्या थपिएको छ । २०७८ को जनगणनामा मधेस प्रदेशको जनसंंख्या २०६८ मा भन्दा ७ लाख १० हजार चार सय ५५ ले बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालय थापाथली काठमाडौंले महोत्तरीको बर्दिबासमा राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । २०६८ को राष्ट्रिय जनगणनामा मधेसको जनसंख्या ५४ लाख ४ हजार एक सय ४५ थियो भने २०७८ को जनगणनामा यो संख्या बढेर ६१ लाख १४ हजार छ सय पुगेको छ । पुरुष ३० लाख ६५ हजार सात सय ५१, महिला ३० लाख ४८ हजार आठ सय ४९ र अन्य २ हजार नौ सय २८ रहेका राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक मनोहर घिमिरेले जानकारी दिनुभयो । 

 मधेसको वार्षिक जनसंख्या वृद्धिदर पनि राष्ट्रिय वृद्धिदरभन्दा निकै बढी पाइएको छ । पछिल्लो गणनामा राष्ट्रिय जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत वार्षिक देखिएकोमा मधेसमा यो दर १.१९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । मधेसभित्र सबैभन्दा बढी जनसंख्या वृद्धिदर रौतहटमा १.६३ प्रतिशत र सबैभन्दा कम पर्सामा ०.८२ प्रतिशत रहेको निर्देशक घिमिरेले जानकारी दिनुभयो । यसैगरी मधेस प्रदेशमा पछिल्लो १० वर्षमा परिवार संख्या पनि बढेको छ । विसं २०६८ मा ९ लाख ३२ हजार तीन सय आठ परिवार रहेकोमा २०७८ मा बढेर ११ लाख ५६ हजार तीन सय ८३ पुगेको छ । यो वृद्धिदर २४.०१ प्रतिशत हुन आउँछ । मधेसमा सबैभन्दा बढी जनसंख्या धनुषामा ८ लाख ६७ हजार सात सय ४७ र सबैभन्दा कम पर्सामा ६ लाख ५४ हजार चार सय ७१ रहेको उल्लेख छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार