मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

एमाले कोशी प्रदेश अधिवेशनको लोगो सार्वजनिक, कोशी, सगरमाथा, खुवालुङ र केचना अंकित

Rato Pen 1+ समाचार ( )
३० भाद्र २०८०, शनिबार
मोरङ । नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनको लोगो सार्वजनिक भएको छ ।

आगामी असोज १२ र १३ गते विराटनगरमा हुने प्रथम प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरिएको हो ।

लोगोको पृष्ठभूमिमा सगरमाथा त्यहाँबाट बग्दै आएको कोशी नदी राखिएको छ । नदीको दायाँवायाँ खेताका फाँटहरु राखिएका छन् । नदीको बिचमा खुवालुङ्ग अंकित छ भने पाथिभरा, बराहक्षेत्र, बुढासुब्बाको संकेत गर्ने मन्दिर पनि लोगोमा समेटिएको छन् ।  यसैगरी लोगोको वायाँतिरको भागमा नेपालकै होचो भूमि केचनाको स्तम्भ देखिन्छ ।

अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले असोज १२ गते गर्ने कार्यक्रम रहेको एमाले कोशी प्रदेशका सचिव चिन्तन पाठकले जानकारी दिनुभयो ।

पाठकका अनुसार प्रदेश अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्नका लागि प्रदेश इञ्चार्ज, प्रदेशका पदाधिकारी, प्रदेशका केन्द्रीय सदस्य लगायतका नेता कार्यकर्ता तोकिएको जिम्मेवारी अनुसार काममा खटिएका छन् ।

प्रदेश अधिवेशन सम्पन्न गर्ने विभिन्न उपसमिति बनाएर कार्य विभाजन गरिएको छ ।

प्रदेश अधिवेशनका लागि १४ वटै जिल्लामा एकै दिन असोज ५ गते प्रतिनिधि छनौट हुँदै छन् ।

सबै पालिका र तहमा एकै दिन प्रतिनिधि छनोट हुने प्रचार उपसमितिका संयोजक शैलेश लामाले जानकारी दिनुभयो ।

प्रदेशभरी करिब ११ सय प्रतिनिधि हुनेछन् । अहिलेका प्रदेश कमिटी सदस्यसमेत प्रतिनिधि हुन तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने प्रावधान राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार