मुख्य समाचार
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे सार्वजनिक सुनुवाइ सम्पन्न | सिउनिया स्वास्थ्य केन्द्रले किशोरकिशोरी मैत्री सेवामा हासिल गर्‍यो उत्कृष्ट अंक | स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास |

बर्दियामा ५३ भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण
बर्दियामा ५३ भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण

Rato Pen 308+ समाचार ( )
३१ असार २०८२, बुधवार

होमेन्द्र थापा, बर्दिया 

बर्दियामा भूमिहीन दलित र सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ। बाँसगढी नगरपालिका वडा नं. ४ का ३ जना दलित र १० जना सुकुम्बासी तथा गुलरिया नगरपालिका वडा नं. ४ का २९ जना दलित र ११ जना सुकुम्बासी गरी कुल ५३ जनालाई लालपुर्जा वितरण गरिएको हो।

भूमि समस्या समाधान जिल्ला समिति, बर्दियाका अध्यक्ष अरुण प्रकाश सिंह राठौरका अनुसार, "भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने कार्यविधि, २०८१" अनुसार प्रमाणपत्र वितरण गरिएको हो। बाँसगढी र गुलरिया नगरपालिका क्षेत्रका लाभग्राहीलाई वितरण गरिएको जग्गाको कित्ता संख्या ५५ रहेको छ भने कुल क्षेत्रफल २१,१५५.२१ वर्गमिटर छ।

गुलरिया नगरपालिका–४ कैलाशनगरका ८० वर्षीय गान्टो सुनारले आवासका लागि २०७.८९ वर्गमिटर क्षेत्रफलको लालपुर्जा पाउनु भएको छ। त्यस्तै, बाँसगढी नगरपालिका–४ पहाडीपुरका पुनबहादुर कुँवरले २०२६ सालदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा प्राप्त गर्दा आफुले लामो संघर्षपछि न्याय पाएको महसुस भएको बताए।

भूमि समस्या समाधान आयोग, बर्दियाका विज्ञ सदस्य रामकृष्ण चौधरीले यो वितरणलाई आयोगको महत्वपूर्ण उपलब्धि बताएका छन्। उनका अनुसार जिल्लाभरबाट प्राप्त ४५ हजारभन्दा बढी निवेदनमध्ये प्रारम्भिक चरणमा ५३ जनालाई लालपुर्जा वितरण गरिएको हो। साथै, विगतका आयोगहरूले सुरु गरेर अधुरा छाडिएका कामलाई निरन्तरता दिँदै अघि बढिरहेको जानकारी समेत दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार