मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बर्दियामा दुई निर्वाचन अधिकृतको कार्यालय स्थापना
बर्दियामा दुई निर्वाचन अधिकृतको कार्यालय स्थापना

Rato Pen 366+ समाचार ( )
२ माघ २०८२, शुक्रबार

होमेन्द्र थापा, बर्दिया

प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा बर्दिया जिल्लामा दुईवटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बर्दियामा प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का लागि गुलरिया नगरपालिकास्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ का लागि राजापुर नगरपालिकास्थित राजापुर भन्सार कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत तथा बर्दिया जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठले आजबाट औपचारिक रूपमा निर्वाचन कार्यालय स्थापना भई काम सुरु भएको जानकारी दिनुभयो । उहाँले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, विश्वसनीय र भयरहित रूपमा सम्पन्न गर्न सरोकारवालाहरूसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो । साथै मतदान केन्द्र र मतदाता स्थलहरूको निरीक्षणसमेत गरिने जानकारी दिनुभयो ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जिल्ला सुरक्षा योजनाअनुसार निर्वाचनका विभिन्न चरणमा सुरक्षा गतिविधि अगाडि बढाइएको बताउनुभयो । उहाँले संवेदनशील क्षेत्रहरूमा नियमित निगरानी तथा उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो ।

फागुन २१ गते हुने निर्वाचनमा बर्दिया जिल्लामा ३ लाख २३ हजार २ सय ६६ मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख लाल बहादुर मल्लका अनुसार तीमध्ये १ लाख ५९ हजार ३ सय ८७ जना पुरुष, १ लाख ६३ हजार ८ सय ७३ जना महिला तथा ६ जना अन्य मतदाता रहेका छन् । जिल्लाभर १ सय ५४ मतदाता स्थलमा ३ सय ८७ मतदान केन्द्र रहने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार