मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बर्दियामा जलवायु परिवर्तनसम्बन्धी अध्ययन सार्वजनिक, महिलाहरू बढी जोखिममा
बर्दियामा जलवायु परिवर्तनसम्बन्धी अध्ययन सार्वजनिक, महिलाहरू बढी जोखिममा

Rato Pen 368+ समाचार ( )
८ असार २०८२, सोमबार

बर्दिया — तल्लो कर्णाली जलाधार क्षेत्रका जलवायु परिवर्तन र सामाजिक–आर्थिक जोखिमसम्बन्धी अध्ययन सार्वजनिक गरिएको छ। समिक्षा गुरुङले आफ्नो स्नात्तकोत्तर तहको अनुसन्धान अन्तर्गत मधुवन नगरपालिका–१ र गेरुवा गाउँपालिका–३ मा जलवायु परिवर्तनले स्थानीय समुदायमा पारेको असरबारे विस्तृत अध्ययन प्रस्तुत गर्नु भएकाे हाे । 

अनुसन्धानले जलवायु परिवर्तनका कारण बाढी, खडेरी, पानीको अभाव, जैविक विविधता तथा पारिस्थितिकी तन्त्रको ह्रासजस्ता समस्या तीव्र रूपमा देखिएको उल्लेख गरेको छ। यस्ता जोखिमपूर्ण अवस्थाले विशेषगरी महिलाहरूलाई बढी प्रभाव पार्ने गरेको पत्ता लागेको छ। उहाँहरूका साथै बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू समेत जलवायुजन्य प्रकोपका बेला बढी पीडित हुने अध्ययनमा देखाइएको छ।

गुरुङको अध्ययन तल्लो कर्णाली जलाधार क्षेत्रमा जलवायु प्रतिरोधी र सामाजिक रूपमा समावेशी पानी व्यवस्थापन प्रवर्द्धन (CLASSIK) परियोजनाको एक अंश हो। परियोजनाको मूल उद्देश्य जलवायु अनुकूलनमा स्थानीय समुदाय, विशेषगरी महिलाहरू, आदिवासी तथा सीमान्तकृत समूहहरूको सहभागिता बढाउनु रहेको छ।

मधुवन नगरपालिकाकी उपप्रमुख अनिता थारु, गेरुवा गाउँपालिका र मधुवन नगरपालिकाका वडाध्यक्षहरू, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक वनका प्रतिनिधि र शिक्षकहरूको समेत कार्यक्रममा उपस्थिति थियो। सहभागीहरूले अध्ययनको निष्कर्षलाई महत्वपूर्ण ठहर गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरणमा स्थानीय तहको सक्रियता र समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नु भएकाे छ । 

अनुसन्धानमा गुणात्मक र परिमाणात्मक दुवै पद्धति अपनाइएको थियो। फोकस समूह छलफल, साक्षात्कार र प्रत्यक्ष अन्तर्वार्ता मार्फत १२० घरधुरीबाट तथ्यांक संकलन गरिएको थियो। अध्ययनमा जलवायु परिवर्तनका सामाजिक र आर्थिक असर मात्र नभई स्वदेशी तथा सीमान्तकृत महिलाहरूले भोगिरहेको अवरोध र संवेदनशीलताहरूको पनि विशेष चर्चा गरिएको छ। साथै, खाद्य र पानी व्यवस्थापनमा स्वदेशी ज्ञानको वर्तमान प्रयोग अवस्थाबारे पनि विश्लेषण गरिएको छ।

कार्यक्रमको समापनमा “आजै सहभागी बनौं, बाढी र खडेरीबाट जोगिन सामूहिक प्रयास गरौं। हाम्रो वन, पानी र समाजलाई सुरक्षित राख्न सबैले हातेमालो गरौं” भन्ने सन्देश दिँदै जलवायु जोखिम न्यूनीकरणमा साझा प्रयासको आवश्यकता औंल्याइएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार