मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

कर वृद्धिको विरोधमा बर्दियाका सुनचाँदी व्यवसायी आन्दोलित
कर वृद्धिको विरोधमा बर्दियाका सुनचाँदी व्यवसायी आन्दोलित

Rato Pen 366+ समाचार ( )
३० जेठ २०८२, शुक्रबार

होमेन्द्र थापा, गुलरिया | ३० जेठ

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सुनचाँदी तथा बहुमूल्य पत्थरमा कर वृद्धि गरेपछि बर्दियाका सुनचाँदी व्यवसायीहरू तीन दिनदेखि आन्दोलित भएका छन्। नेपाल सरकारले सम्पूर्ण गरगहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि देशभरका व्यवसायीहरूले विरोध सुरु गरेका हुन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघको आह्वानमा बर्दियामा पनि चरणबद्ध रूपमा आन्दोलन सञ्चालन गरिएको छ। आन्दोलनको पहिलो दिन (जेठ २८ गते) प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाइएको थियो। दोस्रो दिन गुलरियामा नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको थियो। तेस्रो दिन (जेठ ३०) जिल्लाभरका सुनचाँदी पसलहरू पूर्ण रूपमा बन्द गरिएका छन्।

बर्दिया सुनचाँदी व्यवसायी संघका अध्यक्ष विष्णु कुमार सुनारले तीन दिनको आन्दोलनपछि पनि सरकारबाट सुनुवाइ नभए थप कडा आन्दोलनमा जानुपर्ने चेतावनी दिनुभयो। “सरकारले लगाएको करले व्यवसायीलाई पलायनमा धकेल्ने खतरा छ,” उहाँले भन्नुभयो।

संघका अर्का अध्यक्ष हर्कमान सुनारका अनुसार, विश्व बजारमा सुनको मूल्य पहिले नै उच्च भइरहेका बेला थप कर लगाउँदा सर्वसाधारणको क्रयशक्ति घट्ने र व्यापार नै संकटमा पर्ने अवस्था सिर्जना भएको छ।

व्यवसायीहरूले सरकार समक्ष सात बुँदे माग राखेका छन्, जसमा:

  1. सबै प्रकारका सुन तथा सुनका गहनामा लागु गरिएको २ प्रतिशत विलासिता कर खारेज गर्नु,

  2. हिरा तथा जवाहरात जडित गहनामा लागु गरिएको १३ प्रतिशत भ्याट खारेज गर्नु,

  3. भन्सार महसुल ६ प्रतिशतमा झार्नु,

  4. सुनचाँदी व्यवसायलाई दीर्घकालीन रुपमा प्रोत्साहन गर्न ऐन, नियम तथा नीतिहरू तत्काल निर्माण गर्नु,

लगायतका मागहरू समावेश छन्।

व्यवसायीहरूले निष्कर्षमा भनेका छन् कि सरकारले तत्काल संवाद र समाधानको पहल नगरे सुनचाँदी क्षेत्र थप संकटमा पर्न सक्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार