मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बारबर्दियाका दुई स्वास्थ्य संस्था किशोर–किशोरी मैत्री प्रमाणीकरणका लागि योग्य
बारबर्दियाका दुई स्वास्थ्य संस्था किशोर–किशोरी मैत्री प्रमाणीकरणका लागि योग्य

Rato Pen 368+ समाचार ( )
३० जेठ २०८२, शुक्रबार

बारबर्दिया, बर्दिया 

किशोर–किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्ने अन्तिम प्रक्रियाअन्तर्गत बारबर्दिया नगरपालिकाले दुई वटा स्वास्थ्य संस्थाको अनुगमन सुक्रबार सम्पन्न गरेको छ। नगर उपप्रमुख रत्नकुमारी पाण्डे, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायण प्रसाद चौधरी, नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेललगायतको संयुक्त टोलीले बानियाभार स्वास्थ्य चौकी र पहाडिपुर आधारभूत स्वास्थ्य चौकीको स्थलगत अनुगमन तथा मूल्यांकन गर्नु भएकाे हाे ।

अनुगमन टोलीका अनुसार दुबै स्वास्थ्य संस्थाले किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका, २०७९ अन्तर्गत रहेको अनुसूची ३ अनुसारको स्वमूल्यांकनमा ८० प्रतिशतभन्दा बढी स्कोर हासिल गरेका छन्। त्यसैले, प्रमाणीकरणका लागि स्थानीय तह समन्वय समितिमा सिफारिस भइसकेको जनाइएको छ।

अनुगमनका क्रममा टोलीका सदस्यहरूले किशोर–किशोरीमैत्री सेवा प्रवाह गर्ने प्रणाली प्रभावकारी रहेको बताउनु भएकाे छ । साथै, समुदायमा देखिएको केही गलत अभ्यासहरूको न्यूनिकरण गर्न व्यापक जनचेतना अभियान आवश्यक रहेकोमा पनि उहाँहरूले जोड दिनु भएकाे छ । किशोर–किशोरीहरूसँग प्रत्यक्ष संवाद गर्दै उहाँहरूलाई आफ्ना साथीहरूमाझ सेवा सम्बन्धी जानकारी फैलाउन पनि आग्रह गरिएको छ।

यसै क्रममा, वडा नं. १ मा निर्माण गरिएको किशोर–किशोरी मैत्री भवनको समेत अनुगमन गरिएको छ। कोइकाको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा सञ्चालित किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार परियोजना अन्तर्गत निर्माण गरिएको उक्त भवनले आवश्यक सेवा तथा पूर्वाधार मापदण्ड पूरा गर्न सहयाेग पुगेकाे छ।

बारबर्दिया नगरपालिकाले अनुगमन गरीएकाे दुवै स्वास्थ्य संस्था तथा भवनलाई किशोर–किशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका लागि योग्य ठहर गर्दै आवश्यक प्रक्रिया अघि बढाउने निर्णय लिएको छ। साथै  स्काेर ८० भन्दा थपा एक स्वास्थ्य स‌ंस्थालाइ अनुगमन गर्ने स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक टीकाराम वलीले जानकारी गराउनु भएकाे छ । गत बर्ष दुइ स्वास्थ्य स‍ंस्थालाइ प्रमाणीकरण गरीसकिएकाे छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार