मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बारबर्दियामा १३औँ बृहत रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले गरे रक्तदान
बारबर्दियामा १३औँ बृहत रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले गरे रक्तदान

Rato Pen 368+ समाचार ( )
२४ कार्तिक २०८२, मङ्गलबार

बारबर्दिया, 
नगर स्तरीय पाँचौँ राष्ट्रपति रनिङ्ग सिल्ड खेलकुद प्रतियोगिता–२०८२ को अवसरमा बारबर्दिया नगरपालिका–७, रम्मापुर खेलमैदानमा मंगलबार १३औँ बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन्।

“रक्तदान जीवनदान” भन्ने नारा सहित आयोजित उक्त कार्यक्रम बारबर्दिया नगरपालिका र वडा नं. ७ कार्यालयको संयोजनमा सम्पन्न गरिएको हो। नेपाल रेडक्रस सोसाइटी बारबर्दिया उपशाखा र नेपाल स्वयंसेवी रक्तदाता समाजको प्राविधिक सहयोगमा सञ्चालन भएको कार्यक्रममा स्थानीय दाता, युवा स्वयंसेवक, स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी, सुरक्षा निकायका प्रतिनिधि तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका आयोजकहरूले रक्तदान कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सबै महानुभावप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनका अनुसार सहभागीहरूबाट प्राप्त रक्तले स्थानीय अस्पताल र स्वास्थ्य संस्थाहरूमा रगत अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीहरूलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

रक्तदानमा सहभागी प्रत्येक व्यक्तिप्रति सम्मान व्यक्त गर्दै आयोजकहरूले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार