मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बर्दियामा पाँच हजारभन्दा बढी चौपायामा कृतिम गर्भाधान
बर्दियामा पाँच हजारभन्दा बढी चौपायामा कृतिम गर्भाधान

Rato Pen 368+ समाचार ( )
१ जेठ २०८२, बिहीबार

होमेन्द्र थापा, बर्दिया

चालु आर्थिक वर्षमा बर्दिया जिल्लामा ५ हजार ४ सय ४७ वटा चौपायामा कृतिम गर्भाधान गरिएको छ। गाईमा ३ हजार ३ सय ७२, भैसीमा १ हजार ९ सय ४० र बाख्रामा १ सय ३५ वटा कृतिम गर्भाधान गरिएको हो।

मंगलबार गुलरियामा आयोजित एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, बर्दियाको कार्यक्रममार्फत राष्ट्रिय पशुप्रजनन कार्यालय, नेपालगञ्जका पशु विकास अधिकृत डा. मिलन कुमार चौधरीले उक्त जानकारी दिनुभयो।

सबैभन्दा बढी कृतिम गर्भाधान गुलरिया नगरपालिकामा गरिएको छ। यहाँ गाई ८३५, भैसी ६१९ र बाख्रा ६६ गरी कुल १ हजार ५ सय २० वटा चौपायामा गर्भाधान गरिएको हो। त्यसपछि बारबर्दिया नगरपालिकामा गाई ७५४, भैसी ५५० र बाख्रा २ गरी १ हजार ३ वटा कृतिम गर्भाधान गरिएको छ। सबैभन्दा कम बाँसगढी नगरपालिकामा मात्र २१३ वटा चौपायामा गर्भाधान गरिएको चौधरीले जानकारी दिनुभयो।

कार्यक्रममा डा. चौधरीले बर्दियामा कृतिम गर्भाधानको अवस्था, प्रयोग हुने विधि, गर्भाधारण दरमा असर पार्ने तत्वहरू, तथा पोषण र सन्तुलित आहार व्यवस्थापनका विषयमा सहजीकरण गर्नुभयो।

एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले जिल्लामा गाईमा सबैभन्दा धेरै कृतिम गर्भाधान गरिएको बताउनुभयो। सुरुमा गाई र भैसीमा मात्र सीमित रहेको कृतिम गर्भाधान हाल बाख्रा र बंगुरसम्म पनि विस्तार गरिएको उहाँले जानकारी दिनुभयो।

बर्दियाका आठवटै पालिकाबाट सहभागी भएका पशु सेवा शाखाका प्रमुख तथा कृतिम गर्भाधानकर्ताहरूले क्षमता विकास, सुझाव संकलन र आगामी योजनामा समावेश गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सल्लाह र सुझाव समेत दिएका छन्।

सहभागीहरूले प्रत्येक वडामा भिडियो एक्सरे मेसिन उपलब्ध गराउन माग गरेका छन्, जसले चौपायामा गर्भ जाँच गर्न सजिलो हुने र कृषकहरूलाई राहत पुग्ने उनीहरूको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार