मुख्य समाचार
किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति |

कालिका लघुवित्तद्वारा वित्तीय साक्षरता अभियान सञ्चालन
कालिका लघुवित्तद्वारा वित्तीय साक्षरता अभियान सञ्चालन

Rato Pen 367+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

होमेन्द्र थापा

बर्दिया – नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता अभियान सञ्चालन गरेको छ। समूहमा आबद्ध सदस्यहरूलाई भेला गराई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिनुका साथै आयआर्जन तथा सिपमूलक कार्यक्रमहरूका लागि बचत गर्न उत्प्रेरित गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ।

बुधबार मैनापोखरमा आयोजित तालिमका अवसरमा कालिका लघुवित्तका कार्यकारी अधिकृत कुलचन्द्र पराजुलीले बचत, कर्जा तथा संस्थाबाट प्रदान गरिने सेवा–सुविधाबारे जानकारी गराउँदै वित्तीय साक्षरताका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको बताउनुभयो। उहाँका अनुसार, फागुन ४ गतेदेखि सुरु भएको यो अभियान संस्थालाई सबल, सक्षम, र सुदृढ बनाउने दीर्घकालीन योजनाको एक हिस्सा हो। तालिममा सहभागीहरूलाई बचतको आवश्यकता, कर्जाको सही सदुपयोग, कर्जा दुरुपयोगका सम्भावित असरहरू, तथा कर्जा भुक्तानी नगरेको अवस्थामा पर्ने समस्याबारे जानकारी दिइयो। सहभागीहरूले सिकेका कुराहरू आफ्ना समूहका दिदीबहिनीहरूलाई जानकारी गराउने अपेक्षा गरिएको छ। हाल देशभरि कालिका लघुवित्तका १०५ शाखाहरू मार्फत यो अभियान निरन्तर सञ्चालन भइरहेको कार्यकारी अधिकृत पराजुलीले जानकारी दिनुभयो।

तालिममा कालिका लघुवित्तका अनुगमन अधिकृत दीपक विष्टले सहजीकरण गर्दै संस्थाको परिचय, बचत, लगानी, आम्दानी, कार्यक्षेत्र, तथा उपलब्ध सेवा–सुविधाबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट केन्द्र प्रमुख, तथा उत्कृष्ट ऋणीहरूलाई सम्मान गरिएको थियो। उत्कृष्ट समूहका रूपमा केन्द्र न. ५२ पूजा कालिका महिला वित्तीय केन्द्र प्रमुख सृजना थारुले नगद रु. ३,१०० पुरस्कार प्राप्त गर्नुभयो। दोस्रो स्थान प्राप्त केन्द्र न. ११ लक्ष्मी कालिका महिला वित्तीय केन्द्र प्रमुख मिना थारुले रु. २,१००, तथा तेस्रो स्थान प्राप्त केन्द्र न. ४३ पार्वती कालिका महिला वित्तीय केन्द्र प्रमुख रिना लामाले रु. १,१०० पुरस्कार प्राप्त गर्नुभएको मैनापोखर शाखा प्रबन्धक कृष्ण बहादुर बलायरले बताउनुभयो।

मैनापोखर वडा न. ६ का सितली थारुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बढैयाताल गाउँपालिका वडा न. ६ का वडा सदस्य बालकुमारी बिक, व्यापारी मोहन खत्री, तथा ईलाका प्रहरी कार्यालय मैनापोखरका ईन्स्पेक्टर मनिराम गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम सञ्चालन मैनापोखर शाखाका प्रबन्धक कृष्ण बहादुर बलायरले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार