मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

विश्व उच्च रक्तचाप दिवसका अवसरमा बारबर्दियामा जनचेतनामूलक अभियान सञ्चालन
विश्व उच्च रक्तचाप दिवसका अवसरमा बारबर्दियामा जनचेतनामूलक अभियान सञ्चालन

SizTex 42+ समाचार ( )
४ जेठ २०८३, सोमबार

बर्दिया,— विश्व उच्च रक्तचाप दिवस २०२६ को अवसरमा बारबर्दिया नगरपालिकाको स्वास्थ्य शाखाले उच्च रक्तचाप नियन्त्रण तथा स्वस्थ जीवनशैली प्रवर्द्धनसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरेको छ। “स्वस्थ बारबर्दिया, हाम्रो प्रतिबद्धता” भन्ने नारासहित सञ्चालन गरिएको अभियानमा नागरिकलाई नियमित स्वास्थ्य परीक्षण तथा स्वस्थ जीवनशैली अपनाउन आग्रह गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै बारबर्दिया नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज पौडेलले उच्च रक्तचाप जस्ता नसर्ने रोगहरू पछिल्लो समय चुनौतीका रूपमा बढ्दै गएको उल्लेख गर्दै समयमै परीक्षण, सचेतना र स्वस्थ जीवनशैली अपनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले नागरिकको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले विभिन्न जनस्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

त्यसैगरी स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले उच्च रक्तचापलाई “मौन घातक रोग” का रूपमा चिनाउँदै नियमित स्वास्थ्य परीक्षणमार्फत समयमै पहिचान र नियन्त्रण गर्न सकिने बताउनुभयो। उहाँले दैनिक व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन तथा धूमपान र मद्यपान त्यागेमा दीर्घरोगको जोखिम कम हुने उल्लेख गर्नुभयो।

जनचेतनामूलक अभियानसँगै बारबर्दिया नगर अस्पतालमा उपचारका लागि आएका बिरामीहरूको रक्तचाप, मधुमेह, तौल तथा उचाइ परीक्षण गरी आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो।

“उच्च रक्तचाप नियन्त्रणमा सबैको साथः जाँच गरौं नियमित रक्तचाप, परास्त गरौं मृत्युको मौन कारक” भन्ने सन्देशसहित सञ्चालन गरिएको कार्यक्रममा स्वास्थ्यकर्मीहरूले नियमित रक्तचाप परीक्षण गर्न, दैनिक शारीरिक गतिविधिमा सहभागी हुन, नूनको प्रयोग कम गर्न तथा स्वस्थ र पोषणयुक्त खाना सेवन गर्न सुझाव दिएका थिए।

कार्यक्रममा अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी, सेवाग्राही तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

यसैबीच बारबर्दिया नगरपालिकाले “मेरो स्वास्थ्य, मेरो जिम्मेवारीः एक घण्टा मेरा लागि” अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ। अभियानअन्तर्गत नागरिकलाई दैनिक कम्तीमा एक घण्टा आफ्नो स्वास्थ्यका लागि छुट्याउन प्रेरित गरिएको छ।

अभियानमा रक्सी, चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने, नियमित योग, ध्यान तथा व्यायाम गर्ने, स्वास्थ्य परीक्षण गराउने, परिवार र समुदायको स्वास्थ्यप्रति सचेत रहने, स्वास्थ्य बीमा गराउने तथा घर–आँगन र वातावरण सफा राख्ने विषयमा विशेष जोड दिइएको छ।

त्यसैगरी ३० वर्षभन्दा माथिका महिलाहरूलाई स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गराउन, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा स्वस्थ समाज निर्माणमा सक्रिय सहभागिता जनाउन पनि स्वास्थ्य शाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार