मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बारबर्दिया नगरपालिकाद्वारा ७९ जना मुल बरघरलाई झोला तथा छाता वितरण
बारबर्दिया नगरपालिकाद्वारा ७९ जना मुल बरघरलाई झोला तथा छाता वितरण

Rato Pen 366+ समाचार ( )
१६ श्रावण २०८२, शुक्रबार

बर्दिया, 

बारबर्दिया नगरपालिकाले मुल बरघरहरूको सम्मान र पहिचानका लागि ७९ जनालाई झोला तथा छाता वितरण गरेको छ। जयनगरस्थित सामुदायिक सिकाइ केन्द्रमा आयोजित कार्यक्रममा नगर प्रमुख छविलाल थारुले वितरण गरिएको सामग्रीको सहि उपयोग गर्न आग्रह गर्नुभयो। उहाँले आगामी वर्षदेखि खोज्निबोझ्नी प्रक्रियामा अनिवार्य रूपमा वडा प्रतिनिधिको सहभागिता आवश्यक हुने जानकारी दिनुभयो। साथै, वडाको सिफारिसबाट मात्र मुल बरघरहरू नगरपालिकामा सूचीकृत गरिने बताउँदै टोलबरघरहरूलाई पनि वडाबाटै सूचीकृत गर्न आग्रह गर्नुभयो।

नगर प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाइँले बारबर्दिया नगरपालिका नेपालकै पहिलो स्थानीय तह हो जसले परम्परागत प्रथालाई कानुनी मान्यता दिँदै ‘बरघर ऐन’ निर्माण गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो। पहिले मौखिक रुपमा अभ्यासमा रहेका कार्यहरू अब दस्तावेजीकरण हुँदै कानुनी रूपमा व्यवस्थित गर्न थालिएको उहाँको भनाइ थियो।

कार्यक्रममा वडा अध्यक्षहरूले मुल बरघरहरूले विकास निर्माण कार्यमा सक्रिय भूमिका खेलेको र सामाजिक विकासमा पनि योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै यस प्रक्रियालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

नगरपालिकाका ११ वडाहरूमा ४ देखि ९ जनासम्मका दरले कुल ७९ जना मुल बरघर रहेका छन्। कार्यक्रमको सञ्चालन वडा नम्बर २ का वडा अध्यक्ष रामफेरन थारुले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार