मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बारबर्दियामा युवा महिलाहरुलाई जीवन उपयोगी सीप सम्बन्धी तालिम शुरु
बारबर्दियामा युवा महिलाहरुलाई जीवन उपयोगी सीप सम्बन्धी तालिम शुरु

Rato Pen 366+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

बारबर्दिया,

बाल विवाहमा परेका वा बालविवाहको जोखिममा रहेका किशोरी तथा युवा महिलाहरुलाई ५ दिने जीवन उपयोगी सीप सम्बन्धी क्षमता अभिबृद्धि तालिम शुरु भएको छ । बारबर्दिया नगरपालिका १ देखि ११ वडा भित्रका २० जना युवा महिलाहरुलाई जीवन उपयोगी सीप सम्बन्धी क्षमता अभिबृद्धि तालिम प्रदान गरी सशक्तीकरण गर्नका लागि तालिम प्रदान गर्न थालिएको हो ।   

तालिममा सहभागी भएका किशोरी तथा युवाहरूलाई जीवनमा आईपर्ने विभिन्न समस्याहरूलाई समाधानका लागि आवश्यक पर्ने निर्णय गरी समस्या समाधान गर्ने, तनाव व्यवस्थापन, प्रभावकारी सञ्चार, सम्झौता गर्ने सीप, वित्तीय सीप स्तरका सीप प्रदान गर्दै सहज व्यक्तित्व विकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको छ ।

सहभागीहरुलाई क्रमशः तालिम प्रदान गर्ने किशोरी तथा युवालाई समय परिवर्तनसंगै बढ्दो चाहनालाई मध्यजनर गर्दै उहाँहरुको क्षेत्रमा रोजगारी, स्वरोजगारी, उद्यमशीलता साथै सांस्कृतिक, सामाजिक तथा आर्थिक हिसाबले सक्षम जीवन जीउनको लागि प्रेरित गर्न तालिम प्रदान गर्ने कार्यक्रमहरु रहेको बिग्रुप संस्थाद्धारा संचालित बाल विवाह न्युनिकरण परियोजनाका रोजगार संयोजक खेम भण्डारीले जानकारी गराउनु भएको छ ।

सीमान्तकृत समुदाय र जोखिममा रहेका किशोरकिशोरी तथा युवाहरूलाई उहाँहरूको जीवनमा आवश्यक पर्ने यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, विभिन्न प्रकारका हिंसा तथा दुव्र्यवहार र प्राकृतिक विपद् तथा जोखिम व्यवस्थापन बारे जानकारी लिने र अभ्यास गर्न सक्षम बनाउने उदेश्यका साथ बिभिन्न चरणमा तालिम प्रदान गरिने छ । 

तालिमको उद्घाटन बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले गर्नु भएको छ । उहाँले युवा महिलाहरुलाई स्वरोजगार र उद्यमी बनाउनमा महत्वपुर्ण भूमिका खेल्ने बताउनु भएको छ । समुदायका नागरिकलाई आर्थिक सामाजिक रुपमा सक्षम बनाउनका लागि यस प्रकारका कार्यक्रमको आवश्यकता रहेको बताउनु भएको छ । पालिका र सहयोगी निकायबाट युवाहरुलाई स्वरोजगारी वा ब्यबसायी बनाउन सके समुदायमा रहेको हानिकारक प्रर्थाको अन्त्य गर्नमा सहयोग पुग्ने अपेक्षा लिनु भएको छ । कार्यक्रममा बारबर्दिया नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख उशा पुन, लघुउद्यम विकास उपशाखाकी प्रमुख पार्वती गौडेलले तालिमको सफलताको सुभकामना दिदै यस तालिमले जीवन जीउने कलासिकाउने अपेक्षा लिनु भएको छ ।  

प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह(बिग्रुप)को साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत बारबर्दिया नगरपालिकाको समन्वयमा जीवन उपयोगी सीप सम्बन्धी क्षमता अभिबृद्धि तालिम संचालिन गरिएको छ । तालिममा सहभागीहरुले आफुले रोजेका ब्यबसाय वा रोजगारी अनुसारको तालिम प्रदान गरेर स्वरोजगार वा ब्यबसायी बनाई आर्थिक सामाजिक अवस्था सुधार गर्ने कार्यक्रम रहेको छ । 

यसैगरी यस अघि यसै परियोजना अन्तरगत १८ देखि २४ बर्ष उमेर समुहका दुई चरणमा महिला युवाहरुलाई  ब्यबसायिक शिप विकास तालिम प्रदान गरेर ब्यबसायी र रोजगार बनाई सकिएको छ । शिप विकास तालिम लिएर ढाका बुनाई, किराना पसल जस्ता तालिम प्रदान गरि सकिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार