मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न
मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न

Rato Pen 366+ समाचार ( )
१६ असार २०८३, मङ्गलबार

बर्दिया — "स्थानीय स्रोत, उपयोग, स्वामित्व र सहभागिता; पूर्ण खोप सुनिश्चितता नगरपालिका हाम्रो प्रतिबद्धता" भन्ने मूल नाराका साथ मधुवन नगरपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा भव्य रूपमा सम्पन्न भएको छ।

मधुवन नगरपालिका खोप समन्वय समिति, बर्दियाको आयोजनामा सम्पन्न कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटको अध्यक्षता रहेको थियो भने जिल्ला समन्वय इकाई बर्दियाका प्रमुख सूर्यबहादुर बिष्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा पूर्ण खोप सुनिश्चितता कायम राख्न स्थानीय स्रोतको अधिकतम उपयोग, समुदायको स्वामित्व तथा सक्रिय सहभागितालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

मधुवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख गीता घिमिरेका अनुसार नगरपालिकाले पूर्ण खोप सुनिश्चितताको मापदण्ड पूरा गरेपछि दिगोपनालाई समेत निरन्तरता दिने उद्देश्यले घोषणा सभा आयोजना गरिएको हो। उहाँले आगामी दिनमा पनि प्रत्येक बालबालिकाले समयमै सबै खोप प्राप्त गर्ने सुनिश्चितताका लागि नगरपालिका निरन्तर सक्रिय रहने बताउनुभयो।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता कायम गर्न योगदान पुर्‍याउने स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै पूर्ण खोप अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासमेत जनाइएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार