मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

मोरङ कारागारका कैदीबन्दी किन भए आन्दोलित ?

Rato Pen 1+ समाचार ( )
२ जेठ २०८०, मङ्गलबार

विराटनगर । जेलरले अनावश्यक द:ख दिने गरेको भन्दै मोरङ कारागारका कैदीबन्दी आन्दोलित भएका छन् । जेलर धुब्रप्रसाद कोइरालाले आफुहरूलाई विरामी भएर उपचारमा जान खोज्दा समेत कोइरालाले रकम माग्ने, नदिएमा उपचारका लागि जान समेत नदिने गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । 

सोमबार कारागारका कैदीबन्दीले टाउकोमा कालो पट्टी बाँधेर कोइरालाविरुद्ध आन्दोलित भएका थिए । उनीहरूले ‘घुसखोर, भ्रष्ट्राचारी, कमिसनखोर जेलर चाहिँदैन’, ‘उपभोग्य बस्तु खरिद गर्न चौकीदारलाई बाहिर जान दिनैपर्छ’, ‘मोरङ कारागारबाट भ्रष्ट्राचार जेलरको तत्काल सरुवा गर’, ‘कारागारभित्र आउने र कारागारबाट जाने उपभोग्य बस्तुमा जेलरले कमिसन माग्न पाइँदैन’, ‘उपचार गर्न जाँदा रकम माग्न पाईँदैन’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरे । 

उनीहरुले केहीदिन अगाडी १२ जना कैदीबन्दीहरूले उपचारको लागि सहजिकरण गरिदिन माग राख्दै मानव अधिकार आयोग, नेपाल पत्रकार महासंघ कोशी प्रदेशसहित आधा दर्जन बढी निकायमा पत्र पठाएका थए । 

पुर्पक्षका लागि मोरङ कारागारमा रहेका शेहँसा सिद्दिकी ९अव्दुल खताव०, रफुल मियाँ, दिपक दास, बलबहादुर नेपाल, ओम प्रकाश मण्डल, अक्षय मण्डल, साहिद मियाँ, काजीमान पुरी, शक्ति मण्डल, मो जहाँगिर लगायतले बारम्बार कारागार प्रशासनलाई चिठ्ठी पठाउँदा समेत जेलर कोइरालाले कुनै हस्पिटल जान नदिएको भन्दै उनीहरूले आधा दर्जन बढी निकायमा पत्र पठाएका थिए । यता मोरङ कारागारका जेलर कोइरालाले भने यस विषयमा आफुलाई जानकारी नभएको बताएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार