मुख्य समाचार
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे सार्वजनिक सुनुवाइ सम्पन्न | सिउनिया स्वास्थ्य केन्द्रले किशोरकिशोरी मैत्री सेवामा हासिल गर्‍यो उत्कृष्ट अंक | स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास |

कुशुम्बा देवी सहकारीको सहभागितामा मधुवनमा लैङ्गिक हिंसा विरुद्ध प्रभातफेरी सम्पन्न
कुशुम्बा देवी सहकारीको सहभागितामा मधुवनमा लैङ्गिक हिंसा विरुद्ध प्रभातफेरी सम्पन्न

Rato Pen 308+ समाचार ( )
९ मंगशिर २०८२, बुधवार

मधुवन, बर्दिया।
प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ ! हिंसामुक्त समाज निर्माणमा क्रियाशील बनौँ !!” भन्ने मूल नारासहित मधुवन नगरपालिकाले आज प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजित उक्त कार्यक्रम स्थानीय स्तरमा उत्साहपूर्वक सम्पन्न भएको हो।

कार्यक्रममा कुशुम्बा देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सक्रिय सहभागिता जनाएको छ। सहकारी संस्था लैङ्गिक हिंसा अन्त्य, महिला अधिकार संरक्षण तथा समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित अभियानमा सहभागी भएको जनाएको छ। उपस्थित महिला तथा स्थानीय समुदायलाई हिंसा विरुद्ध सशक्त भूमिका निभाउन प्रेरित गर्नु सहकारीको मुख्य उद्देश्य रहेको बताइएको छ।

प्रभातफेरीमा सहभागीहरूले हातमा प्लेकार्ड तथा नारा बोकेर प्रविधिको सुरक्षित र सकारात्मक प्रयोग, लैङ्गिक हिंसा नियन्त्रण, महिला–बालिका संरक्षण तथा हिंसामुक्त समाज निर्माणका सन्देशहरू प्रचार–प्रसार गरेका थिए। शहरका विभिन्न क्षेत्रमा नाराजुलूस गर्दै सहभागीहरूले स्थानीयवासीलाई लैङ्गिक हिंसाविरुद्ध जागरूक हुन आह्वान गरेका थिए।

आयोजकका अनुसार अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउन सामूहिक प्रयास अपरिहार्य रहेको र स्थानीय तह, समुदाय तथा संस्थाहरूको सहभागिता प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार