मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बारबर्दिया नगरपालिकाको १७औं नगरसभा: पूर्वाधार, शिक्षा, कृषि र सेवामा केन्द्रित नीति तथा कार्यक्रम सार्वजनिक
बारबर्दिया नगरपालिकाको १७औं नगरसभा: पूर्वाधार, शिक्षा, कृषि र सेवामा केन्द्रित नीति तथा कार्यक्रम सार्वजनिक

Rato Pen 366+ समाचार ( )
८ असार २०८२, सोमबार

बर्दिया — बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले १७औं नगरसभा मार्फत आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। पालिकाले समावेशी विकास, पूर्वाधार सुदृढीकरण, शिक्षा, सूचना प्रविधि, कृषि, ऊर्जा र सामाजिक सुरक्षालाई प्राथमिकता दिएको छ।

पालिकाभित्रका ११ वटै वडामा रहेका काठेपुलहरू विस्थापित गरी नयाँ संरचना बनाइनेछ भने सडक चौडाइ ६ मिटरभन्दा कम भएका बाटोमा अब लगानी नगर्ने नीतिको घोषणा गरिएको छ।

सूचना प्रविधिको पहुँच बढाउँदै सबै बस्तीमा इन्टरनेट सेवा विस्तार गर्ने र मुख्य बजार क्षेत्रहरूमा निःशुल्क वाईफाईको व्यवस्था गरिने छ। त्यस्तै, प्रयाप्त भोल्टेजसहित विद्युत सेवा हरेक बस्तीमा विस्तार गरिनेछ।

शिक्षा क्षेत्रमा नवप्रवर्तन कार्यक्रम संचालनका लागि प्रस्तावनाको आधारमा अनुदान प्रदान गरिने र सुत्केरी बिदामा बसेका शिक्षकहरूका लागि सत्ता शिक्षकको व्यवस्था गरिने नीति लिइएको छ।

खेलकुदतर्फ पेनकेक सिलाट, कराते, भारोत्तोलन, उस्सुजस्ता खेलहरूलाई व्यवस्थित रूपमा सञ्चालन गरिने छ।

८० वर्षभन्दा माथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र सुत्केरी महिलालाई घरमै गएर गुणस्तरीय सेवा प्रदान गरिने योजना अघि सारिएको छ।

कृषि क्षेत्रमा आलु, प्याज लगायतका बालीका लागि चिस्यान केन्द्र निर्माण गरिने र रैथाने बाली संरक्षण तथा प्रवर्धन गरिने छ। कृषकहरूलाई घरदैलोमै मौसमसम्बन्धी सूचना दिन सूचना प्रणाली विकास गरिनेछ।

दूध संकलन तथा प्रशोधन केन्द्र स्थापना र सहकारी सदस्यहरूलाई उत्पादन तथा बजारसँग जोड्ने कार्यक्रमसमेत नीति कार्यक्रममा समावेश छ।

शिक्षा र स्वास्थ्यसँगै समावेशी तथा वातावरणमैत्री शौचालय र सुरक्षित, पहुँचयोग्य खानेपानीको व्यवस्था नगरपालिकाभित्रका सबै विद्यालयहरूमा गरिने छ।

सार्वजनिक जग्गाहरूको लगत संकलन तथा संरक्षण गरिनेछ भने स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई थप व्यवस्थित गरी २४ सै घण्टा सञ्चालन गरिने योजना अघि सारिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार