मुख्य समाचार
सरकासरकारी समर्थन मूल्य कागजमै सीमित, सस्तोमा धान बेच्न बाध्य किसान | सहमती सामुदायिक वनको २०औँ साधारणसभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न | सिउनियामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा भवन निर्माण, स्वास्थ्य संस्थालाई हस्तान्तरण | बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न |

सहमती सामुदायिक वनको २०औँ साधारणसभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न
सहमती सामुदायिक वनको २०औँ साधारणसभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

Rato Pen 371+ समाचार ( )
१८ कार्तिक २०८३, मङ्गलबार

बारबर्दिया। बारबर्दिया नगरपालिका–१ जमुनियास्थित सहमती सामुदायिक वन उपभोक्ता समूहको २०औँ साधारणसभा, २०औँ सार्वजनिक सुनुवाइ तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नवनिर्मित भवनको उद्घाटनसँगै आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/८४ को अनुमानित आय–व्यय प्रस्तुत गरिएको थियो।

सामुदायिक वन समूहका अध्यक्ष गंगाराम पाठकले आर्थिक वर्ष २०८३/८४ का लागि करिब ३ करोड रुपैयाँभन्दा बढीको अनुमानित आय–व्यय तथा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। उहाँले सामुदायिक वनलाई यहाँसम्म ल्याउन विभिन्न व्यक्ति तथा पक्षको महत्वपूर्ण योगदान रहेको बताउँदै सबैलाई धन्यवाद दिनुभयो।

समूहका सचिव शान्ति थारुले आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विकास निर्माण, वन संरक्षण, सामाजिक कार्य, शिक्षा, खेलकुद, जनचेतना अभिवृद्धि तथा आपत्–विपद्का समयमा सहयोगलगायतका काम गरिएको जानकारी दिनुभयो।

त्यस्तै, कोषाध्यक्ष दीपकुमार थारुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/८३ मा १ करोड ९९ लाख २३ हजार १९८ रुपैयाँ बराबरको कारोबार भएको जानकारी दिनुभयो।

साधारणसभाको अवसरमा अपाङ्गता भएका पाँच जनालाई ह्वीलचेयर, २६ जना विपन्न तथा ज्येष्ठ नागरिकलाई सिरक, डसना र झुल वितरण गरिएको थियो। त्यस्तै, पाँच जना विद्यार्थीलाई पोसाकसहित शैक्षिक सामग्री तथा आठ जना सुत्केरी आमालाई पोषणका लागि एक–एक वटा स्थानीय पोथी कुखुरा वितरण गरिएको थियो।

समुदाय तथा सामुदायिक वन समूहलाई विभिन्न तवरबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। कार्यक्रममा बरघरहरूलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय बर्दियाका प्रमुख टोकलराज चापागाईंले सामुदायिक वन समूहलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले समूहको नाम नै ‘सहमती’ रहेकाले राम्रा काममा मात्र सहमति जनाउन र गलत काममा सहमति नगर्न आग्रह गर्नुभयो।

बारबर्दिया नगरपालिका–१ का वडा अध्यक्ष कैलाशपति थारुले सामुदायिक वन समूहले उल्लेख्य आर्थिक आम्दानी गर्न सफल भएको बताउँदै वन समूहले स्थानीय विकास निर्माणमा समेत महत्वपूर्ण सहयोग पुर्‍याउँदै आएको बताउनुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले सहमती सामुदायिक वनले पछिल्लो समय राम्रो प्रगति गरेको भन्दै आगामी दिनमा समेत वन संरक्षणसँगै सामाजिक क्षेत्रमा थप प्रभावकारी काम गर्न शुभकामना दिएका थिए।

कार्यक्रममा अध्यक्ष पाठकले आफूले निकै संघर्षका साथ सामुदायिक वन समूहलाई वर्तमान अवस्थामा ल्याउन सफल भएको बताउनुभयो। उहाँले आफ्नो कार्यकालको केही समय बाँकी रहँदै अध्यक्ष पदबाट राजीनामा दिएर निर्वाचन मण्डल गठन गर्नुभएको थियो। उहाँले निर्वाचन मण्डललाई तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो।

कार्यक्रममा नवनिर्मित भवनको उद्घाटनसमेत गरिएको थियो। नयाँ भवन निर्माण भएपछि सामुदायिक वनका बैठक तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सहज हुने बताइएको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा डिभिजन वन कार्यालय, सबडिभिजन वन कार्यालय, प्रहरी, विभिन्न सामुदायिक वन समूहका पदाधिकारी, स्थानीय बुद्धिजीवी, बरघर तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार